पार्वती र श्रद्धा फाइनलमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।
सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान)को आयोजनामा भइरहेको उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिा सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी राईलाई समान २–० को नतिजामा पराजित गरे । महिला डबल्समा कोषका मौसमी र कोमल रायमाझी तथा विद्युतका अम्बिका र सविना तामाङको जोडीले फाइनल यात्रा तय गरेका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष सिङ्गल्समा कृषि विकास बैंकका टक्कर कुँवर, टेलिकमका सुरेन्द्रसिंह कार्की तथा विद्युतका भुपेन्द्र विसी र श्याम महर्जन सेमिफाइनलमा पुगे ।
पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा, टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, विद्युतका राजु महर्जन र खगेन्द्र शाही तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, विद्युतका शङ्कर क्षेत्री र चन्द्रदास कारन्जित, टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ तथा नेपाल एयरलाइन्सका श्याम भट्ट र जङ्गबहादुर चन्दको जोडीले सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिता भोलि शनिबार सम्पन्न हुनेछ
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया