अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’मा स्मारिका
मेरोन्यूज
२०७९ फागुन २ गते १८:३७

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको गीतमा एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ।
पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, लोसिना लामिछाने, लोमश शर्मा र स्मारिका ढकाललाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।
मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीत गायक भीष्मको स्वरमा पहिलो हो । पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेका गायक भीष्मको शब्दमा यसअघि नै ‘माया टिकटके’ ले चर्चा पाएको थियो ।
सम्बन्धित









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया