मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं । मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्।
यस मध्ये १०५ अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
















इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया