शनिबार, माघ १७, २०८२

कम्बोडिया पठाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

मेरोन्यूज २०७९ फागुन ५ गते १४:४८

काठमाडौँ । कम्बोडिया पठाइदिने भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

दैलेख भगवतीमाई गाउँपालिका २ घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीका लागि कम्बोडियामा मासिक एक लाख ३० हजार रूपैयाँ तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम ठगी गरेको उजुरीमा उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगर २६ गोंगबु बिजी महलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।   

प्रतिक्रिया