झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन ४ गतेसम्म हुने भएको छ ।
बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने छन् ।नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् ।
त्यस्तै प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।
यो संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार १५ लाख र द्वितीय पुरस्कार नगद सात लाख ५० हजार बनाइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद २५ हजार प्रदान गरिने जनाइएको छ ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया