सामसुङको ग्यालेक्सी एस २३ बजारमा

काठमाडौँ । दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।
सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो । ग्यालेक्सी एस २३ श्रृङ्खला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ ।
ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ उपलब्ध भएका देशहरूको संख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ । पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ ।
जुन ग्यालेक्सी एस २२ श्रृङ्खलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ ।
सामसुङको मोबाइल फोन व्यवसायका प्रमुख टीएम रोहले भने, ‘यस वर्षको लागि आएको पूर्व मागको संख्याले हाम्रा ग्राहकहरूको हाम्रो ब्राण्डप्रतिको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ र ‘ग्राउन्ड ब्रेकिङ्ग इनोभेसन’ र स्थिरताप्रतिको हाम्रो प्रतिबद्धता कसरी उपभोक्ता माझ प्रतिध्वनित भइरहेको छ भन्ने देखाउँछ ।’
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
बिपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया