प्रहरीलाई हातपात गर्ने पाँच जना पक्राउ
मेरोन्यूज
२०७९ फागुन ८ गते १७:३७
काठमाडौँ । रौतहटको गौर नगरपालिका ६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चपुर नगरपालिका ४ बस्ने २० वर्षीय सुदर्शन साहसहित पाँच जना रहेका छन् । अस्थायी प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएका सवारी साधन व्यवस्थापन गर्ने क्रममा ग १ ख ६१०७ नम्बरको बसको कण्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेका थिए ।
अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया