शनिबार, वैशाख १९, २०८३

आईसीसी विश्वकप लिग-२ : सन्दीप लामिछानेले लिए ४ विकेट

स्कटल्याण्डका जर्ज मुन्सेले बनाए अर्धशतक

मेरोन्यूज २०७९ फागुन ९ गते १०:१७

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच जारी छ । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । स्कटल्याण्डले २६ ओभरमा १३३ रन बनाएर ५ विकेट गुमाएको छ ।

Advertisement
NiccNicc

स्कटल्याण्डका लागि जर्ज मुन्सेले अर्धसतक बनाए । उनी ५० बलमा ६० रन बनाएर आउट भए । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ ।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।

रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल खेलिरहेका छन्।

नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया