आइतबार, मंसिर ७, २०८२

हलिउड निर्माता वाइन्स्टिनलाई बलात्कार मुद्दामा १६ वर्षको जेल सजाय

मेरोन्यूज २०७९ फागुन १२ गते १५:१३

काठमाडौं । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिन बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । हालै भएको सुनुवाइमा उनी यौन उत्पीडन र बलात्कार मुद्दामा दोषी ठहर भएका हुन् ।

उनीमाथी लागेका तीन आरोपमा सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि बिहीबार बिहान १६ वर्षको जेल सजाय सुनाइएको हो।

वाइनस्टिनमाथि करिब एक दशकअघि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन्, महिला पक्षका वकिलहरूले पनि वाइनस्टिनले युवा अभिनेत्रीहरूलाई बारम्बार दुर्व्यवहार गरेको दाबी गरेका थिए।

सन् २०२० को डिसेम्बरमा भएको आपराधिक मुद्दामा बलात्कार र यौन दुव्र्यवहारको आरोपमा दोषी पाइएपछि वाइन्स्टिनले न्यूयोर्कमा जेल सजाय भाेगीरहेका छन्।

प्रतिवेदनका अनुसार वाइन्स्टिनलाई दोषी ठहर गरेको तीनवटै आरोप युरोपेली मोडल जेन डोको मुद्दामा आधारित थियो। मोडलले २०१३ मा एलए इटालिया फिल्म फेस्टिभल पछि मिस्टर सी होटलमा वाइन्स्टिनले आफूलाई बलात्कार गरेको वयान दिएकी थिइन्।

२३ वर्षको जेल भाेगिरहेका ७१ वर्षीय वाइन्स्टिनले आज थप १६ वर्षको सजाय पाएपछि उनले आफ्नो बाँकी जीवन जेलमै बिताउने भन्न सकिन्छ।

यिनी हलिउडका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक थिए। उनको टोली अझै पनि उनलाई जेलबाट निकाल्न लडिरहेको छ।

वाइन्स्टिनमाथि १०० भन्दा बढी महिलाले आरोप लगाएका छन् । उनीहरु सबैले सार्वजनिक रुपमा यौन उत्पीडन, दुव्र्यवहार र उत्पीडनको आरोप लगाएका छन् । उनीहरुको यो लडाइ दशकौंदेखि चल्दै आएको छ ।

प्रतिक्रिया