आइतबार, चैत २९, २०८२

कार्तिकको फ्लप ‘शहजादा’ भन्दा पनि पछि पर्‍यो अक्षयकाे ‘सेल्फी’

मेरोन्यूज २०७९ फागुन १६ गते १५:४६

काठमाडौं । हालै रिलिज भएकाे अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ र कार्तिक आर्यनको ‘शेहजादा’ दुवैले दर्शकको माया पाउन सकेनन् । दुवै फिल्मले बक्स अफिसमा खराब प्रदर्शन गरिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘सेल्फी’को कुरा गर्दा फिल्मको कमाइले अक्षयका फ्यानलाई निराश बनाइरहेको छ । खराब ओपनिङपछि पनि यो फिल्मले सप्ताहन्तमा अचम्मको व्यापार गर्छ भन्ने आशा निर्माणकर्तालाई थियो । तर फिल्मको हालत यस्तो थियो कि टाइमपासको हिसाबले हेर्न पनि कोही आएनन् । 

रिपोर्टका अनुसार सेल्फीले ९.३९ प्रतिशत दर्शक मात्र पाएको छ । रिलिजको चार दिनमा फिल्मले ११.९ करोड भारु मात्र कमाउन सकेकाे छ । अक्षय कुमारको यो लगातार पाँचौं फ्लप फिल्म हो । २०२२ मा आएको ‘राम सेतु’, ‘रक्षा बन्धन’, ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ पछि सेल्फीले अक्षयसँगै फ्यानलाई पनि निराश बनाएको छ । अक्षयका पछिल्ला चार फ्लप फिल्मले पनि रिलिजको चौथो दिन ‘सेल्फी’ भन्दा राम्रो व्यापार गरेका थिए ।

अर्कोतर्फ, कार्तिकको ‘शहजादा’ फिल्म फ्लप साबित भए पनि हलमा केही सफलता पाइरहेकाे छ । ‘सेल्फी’ को तुलनामा यो फिल्मले राम्राे प्रदर्शन गरिरहेकाे छ ।

‘शहजादा’ ले अहिलेसम्म जम्मा २८.५६ करोड कमाउन सफल भएको छ । अक्षयको भर्खरै रिलिज ‘सेल्फी’ को सट्टा फ्यानहरू दस दिनअघि रिलिज भएको कार्तिकको फिल्म ‘शहजादा’ हेर्न रुचाइरहेका छन् । 

प्रतिक्रिया