बिहीबार, चैत १२, २०८२

सानिमा बैंक र सिवाईसी नेपालको बोनश सेयर नेप्सेमा सूचिकृत

मेरोन्यूज २०७९ फागुन १७ गते १४:०२

काठमाडौं । नेप्सेमा सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर सूचिकृत भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सानिमा बैंकले १० प्रतिशत बोनश शेयरबापतको १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता शेयर फागुन १७ गते नेप्सेमा सूचिकृत गराएको हो । बैंकले पुस ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभामार्फत उक्त बोनश शेयर पारित गरेको थियो ।

त्यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत पुस ३० गते पारित गरेको ३० प्रतिशत बोनश शेयर फागुन १७ गते नै नेप्सेमा सूचिकृत गराएको छ । कम्पनीले उक्त बोनश शेयर बापतको ३ लाख ६४ हजार ९२५ दशमलव ५१ कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

प्रतिक्रिया