आइतबार, मंसिर ७, २०८२

सलमानको पोस्टमा माग्ने बुढाले लेखे- ‘छक्कापञ्जा ४’ आराहा है भाईजान

मेरोन्यूज २०७९ फागुन १७ गते १५:४७

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ यही शुक्रबारदेखि सिनेमा घरमा रिलिज हुँदै छ । यतिबेला कलाकार र निर्माताहरु फिल्मको प्रचारप्रसारलाई तिव्रता दिइरहेका छन् । यसैबीच कलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा) आफ्नो कमेन्टका कारण चर्चामा आएका छन् ।

उनीले बलिउड अभिनेता सलमान खानको पोस्टमा कमेन्ट गरेका छन्। अभिनेता खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी का जान’को नयाँ गीत ‘बिल्ली बिल्ली आँख गोरिए’ गीत रिलिज भएको बताउँदै एक पोस्ट सेयर गरेका थिए ।

सो पोस्टमा हिन्दी भाषामै माग्ने बुढाले लेखेका छन्, ‘वेटिङ… हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्कापञ्जा ४’ आ रहा है भाईजान।’ माग्ने बुढाको यो कमेन्टमा थुपै्रले प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया