बिहीबार, चैत १२, २०८२

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन दमकमा

मेरोन्यूज २०७९ फागुन १८ गते १९:०४

काठमाडौँ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न शहरहरुमा भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसै क्रममो दमक अडिसन यही फागुन २० र २१ गते इट्टभट्टास्थित श्री सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ग्यानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना हुँदै छ ।

अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने छन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ । त्यसबाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनै पर्छ । डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुन पर्नेछ ।

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ ।

यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउने छन् ।

साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

‘डान्स यूनिभर्स’को संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेण्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

फाउण्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत्सहभागिताको अपेक्षा राखेको छ ।

प्रतिक्रिया