आइतबार, मंसिर ७, २०८२

पल शाहलाई सफाइ दिएको विरोधमा प्रदर्शन

मेरोन्यूज २०७९ फागुन १९ गते १४:३४

पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाहलाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।

कलाकार शाहलाई अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा विरोध प्रदर्शन गरेको हो ।

गलत नजिर प्रतिपादन गर्न बन्द गर’, ‘पितृसत्ताको पहरेदार बनेका न्यायालय होसियार’, ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका हुन् । अदालतले गरेको फैसलाले न्यायको पर्खाइमा बसेका पीडितहरूलाई अन्याय गरेकाले उक्त फैसलालाई तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।

फागुन १४ गते न्यायाधीश द्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार कलाकार शाहलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया