आइतबार, चैत २९, २०८२

पत्नीले लगाएकाे आरोपबारे नवाजुद्दीनले भने, उनी पैसाकाे लागि याे तमाशा गर्दैछिन्

मेरोन्यूज २०७९ फागुन २२ गते १७:१०

काठमाडाैं । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी लामो समयदेखि व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । उनकी श्रीमती आलियाले उनीमाथि गम्भीर आरोप लगाएपछि उनी विवादमा तानिएका हुन् । यस विषयमा उनेले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका थिएनन् । तर, हालै उनले आफ्नो मौनता तोडेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नवाजले आफ्नो इन्स्टाग्राम लेखेका छन्, ‘मेरो मौनताका कारण म जताततै गलत साबित भएको छु । म धेरै दिन शान्त थिएँ किनभने मेरा बच्चाहरूले कतै न कतै उनकाे याे तमाशा देखिरहेका थिए।’

‘के कसैलाई थाहा छ मेरा छोराछोरीहरू पछिल्लो ४५ दिनदेखि भारतमा बन्धकमा छन् र विद्यालय जाँदैनन् । मलाइ हरेक दिन उनीहरू लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको म्यासेज आइरहेको छ ।’

नवाजका दुवै छोराछोरी शोरा र यानी दुबईमा पढ्छन्।

उनले आफु र आलिया धेरै वर्षदेखि अलग भइसकेको र तर सन्तानको लागि मात्रै जोडिएको बताएका छन्। नवाजले सामाजिक सञ्जालमा केही व्यक्तिको समूहले आफ्नो चरित्र हत्यालाई एकतर्फी आनन्द लिएको बताएका छन्।

आफुले सन्तानको राम्रो पालनपोषणका लागि पछिल्लो २ वर्षमा आलियालाई हरेक महिना १० लाख रुपैयाँ दिने गरेको उनले बताए । उनले भने, ‘जब उनी छोराछोरी लिएर दुबई जान्थिन्, मैले उनलाई स्कुलको शुल्क, मेडिकल र यात्रा खर्चबाहेक हरेक महिना ५–७ लाख रुपैयाँ पठाउँथें ।’

बच्चाका लागि किनेको लक्जरी कार पनि आलियाले बेचेर पैसा आफैं खर्च गरेको उनले बताए। उनले भने, आलिया पैसा मात्र चाहन्थिन्, जसका कारण उनले म र मेरी आमालाई आरोप लगाएकी थिइन् । यसअघि यस्तो गरेकी थिइन् । तर पैसा पाएपछि मुद्दा फिर्ता लिएकी थिइन् ।

उनले आफ्नो नाटकमा बालबालिकालाई पनि तानेकी छन् । उनले भने, ‘यो सबै गरेर उनले मलाई ब्ल्याकमेल गर्न खोजिरहेकी छन्। उनी जनतामाझ मेरो छवि खराब गर्न चाहन्छिन् ।’

नवाजले नोटको अन्तिम बिन्दुमा लेखेका छन्, ‘अभिभावकले आफ्ना छोराछोरीको शिक्षामा असर गर्ने कुनै पनि कुरा गुमाउन चाहँदैनन्। आलियाले सधैं छोराछोरीलाई माया गर्छिन्।’

‘आज मैले जे कमाएको छु, त्यो सबै मेरा दुई सन्तानको हो र यसलाई कसैले परिवर्तन गर्न सक्दैन । म शोरा र यानीलाई धेरै माया गर्छु र तिनीहरूको सुरक्षाको लागि जुनसुकै हदसम्म जान सक्छु।’ उनले लेखेका छन् ।

प्रतिक्रिया