बिहीबार, चैत १२, २०८२

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवानको हवाई सेवा पुनः सुरु

मेरोन्यूज २०७९ फागुन २३ गते १८:०२

काठमाडौँ । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुरु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको चार उडान गर्ने छ ।

Advertisement
nepal life insurencenepal life insurence

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समयअनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रात्रिको २१ः०० बजे अवतरण गर्ने छ ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९,९९९ रुपैयाँ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, उडानमा ४६ केजी चेक–इन लगेज र सात केजी ह्याण्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाई सेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब चेङ्दुमा चार घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकाले, लामो समय ट्रान्जिटमा बस्नु नपर्ने भएको छ ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ । यसको साथै, नेपालमा सिचुवान एयरलाइन्सको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पु¥याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति सिचुवान एयरलाइन्स हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया