१००० महिलालाई कोकाकोलाले डिजिटल सीप सिकाउने

काठमाडौँ । कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानताका लागि एक हजार महिलालाई डिजिटल सीपमार्फत शसक्त बनाउने भएको छ । गतवर्षको सक्षम कार्यक्रमको समेत समीक्षाप्रश्चात कोकाकोलाले यसवर्ष पनि एक हजार महिलालाई शशक्तिकरण गर्ने अभियान अगाडी बढाउन लागेको हो ।
अन्तराष्टिय श्रमीक महिला दिवसको अवसर पारेर कोकाकोलाले यस्तो घोषणा गरेको हो । किराना पसल तथा खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरुलाई एक दिने तालिममार्फत व्यवसाय सञ्चालन एवम अन्य आवश्यक सीपहरु सिकाई सुदृढ एवम सशक्त गर्ने उद्धेश्यले सक्षम २.० को शुरुवात गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने, उनीहरुको क्षमताको विकास गर्ने लक्ष्यको साथ गतवर्षको मार्चमा सक्षम कार्यक्रम कोकाकोलाले चलाएको थियो ।
उक्त कार्यक्रममार्फत १००० भन्दा बढी महिला व्यवसायीहरुले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसाय सम्बन्धि चुनौती र अवसरहरु पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेट्फर्म पाएका थिए ।
प्रगतिशील समाजको निर्माणको लागि महिलाहरु नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरुले यस्ता किसिमका व्यवसायहरु सञ्चालन गर्दै आइरहेका छन् भन्ने चेतनामुलक सन्देश दिनको लागि सक्षम २.० ल्याईएको कोकाकोलाले जनाएको छ ।
यस वर्षको अन्तरराष्ट्रिय नारी दिवसको थिम “डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी”लाई समर्थन गर्ने लक्ष्य कोकाकोलाले राखेको जनाएको छ ।
महिला व्यवसायीहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाईव्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धि क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।
यो वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यवसायिहरुलाई आफ्नो व्यवसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरुको व्यावसायिक क्षमता निर्माण गर्न यो कार्यक्रम केन्द्रित हुने आयोजकले जनाएको छ ।
सक्षम २.० को बारेमा बोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले भने, “सक्षम कार्यक्रममार्फत हामी किराना पसल र साना खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरुको सीप विकास र क्षमता अभिवृद्धि मार्फत उनीहरुलाई सशक्तीकरण र सुदृढिकरण गर्ने हाम्रो मुख्य उद्धेश्य रहेको छ । धेरै जना महिला व्यवसायीहरु हुनुहुन्छ जसले आफ्नै लगानीमा व्यवसायको शुरुवात मात्र गर्नुभएको छैन, त्यसलाई राम्रोसँग सञ्चालन गर्दै विस्तार पनि गर्न सफल हुनुभएको छ । हाम्रो प्रशिक्षणले वँहाहरुलाई अझै सुदृढ र सक्षम बनाउनेछ भन्ने हामीले आशा लिएका छौँ । साथै म आशा गर्दछु कि सक्षम २.० का सबै सहभागीहरूले उपलब्ध स्रोत र सञ्जालहरूको अधिकतम उपयोग गर्नुहुनेछ । ”
त्यस्तै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यो अभियानले महिला शशक्तिकरण र लैंगिक समानताका लागि महत्वपूर्ण कोशेढुंगा हुने बताए ।















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया