आइतबार, चैत २९, २०८२

कपिल शर्मा घमण्डी छन् ? किन बारम्बार उनकाे शो छाेड्दै छन् कलाकार ?

मेरोन्यूज २०७९ फागुन २८ गते ११:२१

भारतिय कमेडियन कपिल शर्माले कडा मेहनतबाट यो सफलता हासिल गरेका हुन् । तर उनीमाथि पटकपटक उनी घमण्डी र अहंकारी स्वभावका छन् र त्यही भएर कलाकारले एक–एक गरेर उनको साथ छोडकाे अाराेप लगाइँदै अाएकाे छ । शो ‘सिधी बात’ मा उनलाई यसबारे सोध्दा ती कलाकारहरुलाई नै सोध्न भनेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

कपिललाई सोधिएको थियो कि ‘तपाई भित्र धेरै अहंकार छ, तपाई एक इन्सिक्युर व्यक्ति हुनुहुन्छ, तपाई आफ्नो वरिपरि कुनै प्रतिभाशाली व्यक्ति देख्न चाहनुहुन्न, त्यसैले शोमा कोही उदाउँने बित्तिकै त्यस्लाइ निकाल्नुहुन्छ ?

यस प्रश्नमा कपिलले भने, ‘सबैभन्दा पहिले मलाई आजसम्म कहिल्यै इन्सिक्युर भएको छैन । मलाई मन परेको व्यक्ति शाे मा ल्याउँछु। जसको साथमा मैले शो सुरु गरें, उनीहरूले तपाईंलाई राम्रोसँग बताउनुहुनेछ। मलाई लाग्छ जति धेरै टिभी कार्यक्रमहरू आउँछन्, प्रायः नयाँ कास्टिङ र नयाँ मान्छेहरू ल्याइन्छ। तर जब तपाईंको शो राम्रो भइरहेको हुन्छ, तपाईंको बारेमा धेरै समाचारहरू आउँन थाल्छन्। पहिले म निकै छोटो स्वभावको थिएँ, मलाई कसैले एक पटक गाली गरे दस गाली दिएर फर्किन्थें । तर अहिले त्यस्तो छैन ।’

धेरै कलाकारले तपाइको शो छोडे । सुनिल ग्रोवर, उपासना सिंह, अली असगर, सुगंधा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता कलाकारहरु शो छाड्न पुगे । यस्तो अवस्थामा तपाइमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ कि तपाइले किन कसैसँग काम गर्न सक्नुभएन ?

यसबारे कपिलले भने-सुनिल ग्रोवरसँग झगडा भयो, त्यो ठीक छ । ‘भारती सिंहसँगको फोटो म अझै इन्स्टाग्राममा राखिरहेको हुन्छु । उनले आफ्नो प्रोडक्सन सुरु गरिन्, र धेरै व्यस्त छन्। त्यसैले जो शो छोडेर गइन्, झगडा गरेर गएकी होइनन् । उपासना जी पनि फिल्ममा काम गरिरहनुभएको छ । कृष्ण पनि मेरो असल साथी हो । एकजनासँग झगडा भयो भने सबैलाई त्यही श्रेणीमा लिनु त गलत हो।’ 

उनले भने, ‘मैले नयाँ मान्छेलाई मौका दिँदा प्रश्न उठ्छ, आफ्नै मान्छे ल्याए भने नातावाद फैलाइरहेको छ भन्छन् । मैले कसैको सफलता पचाउन नसक्ने भन्ने कुरा गलत हो । जब म प्रोड्युस गर्थे त्यतीबेला लफडा हुन्थ्यो तर अहिले म सम्झौता अनुसार मात्र काम गरिरहेको छु, त्यसैले सहज छ ।  

कपिल यतिबेला शो भन्दा पनि आफ्नो आगामी फिल्म ज्विगाटोलाई लिएर चर्चामा छन् । उनले चलचित्रको प्रचारप्रसारमा जोड दिइरहेका छन् । चलचित्र १७ मार्चमा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया