शनिबार, वैशाख ५, २०८३

जनताको अवस्था बदल्ने नेपाली मोडेल खोज्‍नुपर्छ : शर्मा

मेरोन्यूज २०७९ फागुन २९ गते ११:४५

काठमाडौँ । अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको प्रशिक्षण र बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका संगठन विभागका प्रमुख तथा उपमहासचिव जनार्दन शर्माले उद्घाटन गरेको प्रशिक्षण र बैठकमा प्रवास समन्वय समितिका नेतृत्वका साथै मञ्चका नेताहरूको सहभागिता थियो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

दिल्लीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा माओवादीले परिवर्तनको नेतृत्व गरेजस्तै नेपाली समाजवादको मोडलको विकास गर्न पनि नेतृत्व लिनुपर्नेमा जोड दिए । जनताको अवस्था बदल्ने अवस्थाको नेपाली मोडल माओवादीले नै खोज्नुपर्ने धारणा राख्दै उनले पार्टीभित्रको वैचारिक क्षमतालाई वृद्धि गर्ने र वैचारिक अस्पष्टतालाई स्पष्ट गर्ने काममा लागिने समेत बताए ।

मञ्चका अध्यक्ष राजेन्द्र शर्माको सभापतित्व र महासचिव चक्र मलातीले सञ्चालन ,आरबी खड्काले स्वागत मंतव्यमा गरेको कार्यक्रममा प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठक, वैकल्पिक केन्द्रीय सदस्य ईश्वरी भण्डारीले लगायतले प्रवासी नेपालीहरूले विगतका परिवर्तनका आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरेका थिए ।

प्रवासमा नेपालीहरूले भोग्नुपरेको दुखका विषयमा पार्टी जानकार रहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । बैठकमा रिपोर्ट राख्ने नेतृत्व टीबी भण्डारी , मोहन देवकर, येन रावल लगायत सबै राज्यका नेतृत्वले प्रवासी नेपालीका साझा मुद्दाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया