सोमबार, चैत ३०, २०८२

कसरी बनेको थियो ओस्कार विजेता ‘नाटु नाटु’ गीत ?

मेरोन्यूज २०७९ फागुन २९ गते १४:००

काठमाडौं । भारतिय फिल्म ‘आरआरआर’ को ‘नाटु–नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड पाएको छ । सन् २००८ मा फिल्म ‘स्लमडग मिलियनेयर’ को ‘जय हो’ गीतका लागि एआर रहमानले ओस्कर जितेपछि त्यसयता कसैले यो अर्वाड पाएका थिएनन् । भारतले १५ वर्षपछि यो अवार्ड प्राप्त गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

‘नाटु–नाटु’ गीत जुनियर एनटीआर र रामचरणमा चित्रित गरिएको थियो, जसको हुक स्टेप कोरियोग्राफर प्रेम रक्षितले तयार गरेका थिए। गीतले गोल्डेन ग्लोब पाएको छ । गोल्डेन ग्लोब जित्ने याे पहिलो भारतीय र एशियाली गीत पनि हो।

गीतको निर्माण र निर्माणटीमका व्यक्तिको कथा निकै रोचक छ । अस्कर अवार्ड पाएका संगीतकार एमएम कीरवानी कुनैबेला अकाल मृत्युको डरले डेढ वर्ष भिक्षु बनेर बसेका थिए । यति मात्र होइन, उनी मुहूर्त नहेखेर आफ्नो गाडीबाट पनि आर्लीदैनन् । उता, गितमा संसारभरका मानिसहरु नाचिरहेका छन्, गीतको स्टेप बनाउने कोरियोग्राफर प्रेम रक्षितले कुनैबेला आत्महत्या गर्दागर्दै बाँचेका थिए ।

२० वटा गीत लेखिएका थिए, जसमध्ये आरआरआर छनोट
गीत नाटु-नाटु मित्रतामा आधारित छ। यो गीत बनाउन १९ महिना लागेको थियो । चन्द्रबोसले फिल्मका लागि २० वटा गीत लेखे, ती मध्ये नाटु–नाटुलाई अन्तिम रूप दिइयो । ९० प्रतिशत गीत लेखन आधा दिनमै सकियो, बाँकी १० प्रतिशत पूरा गर्न १९ महिना लाग्यो ।

कोरियोग्राफर प्रेम रक्षितले गीतको स्टेप तयार गरेका छन् । फिल्मका निर्देशक एसएस राजामौली दुई साथीहरूले सँगै गर्न सक्ने स्टेपहरू चाहन्थे, तर स्टेपहरू अरूले कपि गर्न सक्ने खालका हुनुपर्ने उनकाे माग थियाे। त्यसपछि कोरियोग्राफरले गीतको हुक स्टेप बनाउन ११० स्टेप तयार गरे।

गीत अगस्ट २०२१ मा युक्रेनको किभमा रहेको राष्ट्रपतिको घर मारिन्सकी प्यालेसमा छायांकन गरिएको थियो। ४ मिनेट ३५ सेकेण्डको यो गीतको छायांकन करिब २० दिनमा ४३ रिटेकपछि सम्पन्न भएको हो । गीत कोरियोग्राफ गर्न दुई महिना लाग्यो । जसमा ५० ब्याकग्राउन्ड डान्सर र करिब ४०० जुनियर आर्टिस्ट थिए ।

यो एक तेलुगु गीत हो, नाटु-नाटुको हिन्दी अनुवाद नाचो नाचो हो। गीत तमिलमा नट्टु-कूथु, कन्नडमा हाली नाट्टु र मलयालममा करिन्थोल शीर्षकको साथ रिलीज गरिएको थियो।

गीतले रिलिज हुनेबित्तिकै धेरै रेकर्ड बनायाे। नाटु-नाटु गीत १० नोभेम्बर २०२१ मा रिलिज भएको थियो। यसको तमिल संस्करणले रिलिज भएको २४ घण्टामै युट्युबमा १७ मिलियन भ्युज पाएको थियो। एकै समयमा, ५ भाषामा यसको कुल हेराइ ३५ मिलियन थियो। १ मिलियन लाइक पार गर्ने यो पहिलो तेलुगु गीत थियो। हाल युट्युबमा हिन्दी संस्करणमा यसका २६ करोड ५० लाख भ्यु र २५ लाख लाइक छन्।

प्रतिक्रिया