५ नर्सलाई सेवाबाट बर्खास्त गरियो (सूचनासहित)
मेरोन्यूज
२०७९ फागुन ३० गते ८:५३

काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । गोरखापत्रमा मंगलबार सूचना निकालेर विर अस्पतालले ५ नसंलाई सेवाबाट बर्खास्त गरिएको जनाएको हो ।
वीरले सेवाबाट हटाएका नर्समा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।
अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाइएको वीर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।
पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।


सम्बन्धित
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया