शुक्रबार, चैत १३, २०८२

एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी

मेरोन्यूज २०७९ फागुन ३० गते १८:२६

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २ हजार ८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत ३ करोड, दुर्घटना बीमा वापत १ करोड ३० लाख र मेडिकल बीमा वापत ३ करोड ६७ लाख गरी कुल ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू। ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।

साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई-कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएसरसी आइपिएसरफन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया