सोमबार, चैत ३०, २०८२

फिल्म ‘जय हो’को निर्माण घोषणा, भदौ ८ मा प्रदर्शन हुने

मेरोन्यूज २०७९ चैत ३ गते ११:५४

काठमाडौं । चलचित्र ‘जय हो’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरिएकाे हाे । टीम आगामी चैत्र ५ गते (आइतबार)देखि छायांकनमा निस्कने छ । फिल्मलाई मुस्ताङमा ९० प्रतिशत र तालनगरी पोखरामा १० प्रतिशत खिचिनेछ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् । कमेडी, एक्सन र लभस्टोरीको मिश्रण रहने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने फिल्मको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । ‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको समीश्रण रहने चलचित्र आगामी भाद्र ८ मा रिलिज गरिनेछ ।

प्रतिक्रिया