बेलायती स्थानीय सेना र ब्रिटिश गोर्खा सेनाबीचको समस्या समाधान गर्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र बेलायती सांसद वीरेन्द्र शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार उपप्रधानमन्त्री श्रेष्ठसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेट भएको हो । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् ।
भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायती स्थानीय सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखे । श्रेष्ठले समस्याको समाधान गर्ने बिसयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसङ्गमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे ।
जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, ‘जलवायु परिवपर्तनको असर र मार नेपालजस्तो मुलकुमा बढी परेको छ । बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा चासो राखे । भेटका क्रममा बेलायती सांसद वीरेन्द्र शर्माले ब्रिटिश गोर्खाको योगदान र भुमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको धारणा राखे । बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र ३ महिनामा यो विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले अतिकम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराए ।










देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया