प्रेमीकाे तस्बिर राख्दै एलिनाले भनिन्- तिम्रो सम्झनाले जागै राख्छ

काठमाडौं । गायिका एलिना चौहान यतीबेला निकै चर्चामा आएकी छन् । केही दिनयता गायिका चौहानले अष्ट्रेलियामा रहँदै आएका विष्णु सापकोटासँगको भिडियो लगातार सेयर गर्न थालेपछि यिनीहरुबीच अफेयर चलिरहेको चौतर्फी हल्ला भइरहेको थियो ।
यसैबीच गायिकाले यस हल्लालाई थप प्रष्ट पारेकी छन् । उनले आफ्नो इन्स्टाग्राममा विष्णुसँगको तस्बीर सेयर गर्दै लेखेकी छन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई निदाएको निदायै राख्छ । तिम्रो साथले मलाई जीवित राख्छ ।’ क्यापसनको अन्त्यमा उनले हार्ट इमोजी पनि राखेकी छन् । सार्वजनिक तस्बीरमा उनीहरुले एकआपसमा म्याचहुने कपडा लगाएका छन् ।
यो तस्बीर सेयर गरेसँगै एलिनालाइ बधाई दिनेको आइरो लागेको छ । कतिपयले सकरात्मक र कतिले नकरात्मक कमेन्ट पनि गरिरहेका छन् ।
केही दिनअघि एलिना साङ्गेतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकी थिइन् । त्यहीबाट यिनीहरुबीच प्रेम चर्चा सुरु भएको हो ।


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया