बिहीबार, चैत १२, २०८२

लक्ष्यको आधा मात्रै विमानस्थल भन्सार राजस्व संकलन

मेरोन्यूज २०७९ चैत ६ गते १५:१७

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब १२ अर्ब भन्सार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो ।

Advertisement
nepal life insurencenepal life insurence

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा ११ अर्ब ७७ करोड ६६ लाख बराबर राजस्व संकलन गरेको हो । कार्यालयले चालु आवमा ३० अर्ब ७२ करोड ३५ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

फागुनमा मात्रै दुई अर्ब ७३ करोड ५० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै संकलन भएको कार्यालयको भनाइ छ । फागुनमा संकलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले पाँच अर्ब ९१ करोड ९६ लाख बराबर राजस्व उठाएको छ ।

साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा एक अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व संकलनमा कमी आएको बताए ।

उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।

प्रतिक्रिया