मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप सञ्चालन
मेरोन्यूज
२०७९ चैत ८ गते १४:४६

काठमाडौं । आइएमई समूहअन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने छ ।
यो एपमार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्नसमेत सकिने छ । मिडास टेक्नोलोजीद्वारा विकसित मोबाइल एप सञ्चालनमा ल्याउँदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीलाई दिने सेवामा थप सुधार हुने छ ।
सम्बन्धित
















कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया