मिडियालाई इग्नोर गरेपछि ट्रोल भए अल्लु अर्जुन

साउथ सुपरस्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पा–द रुल’ लाइ लिएर कारण चर्चामा छन् । यसैबीच उनी एयरर्पोट पुगेका छन्, जहाँ उनले मिडियालाई बेवास्ता गरेको देखिन्छ । यद्यपि, यस समय उनको अनुहारमा मुस्कान थियो । तर फ्यानहरूलाई उनको बेवास्ता मन परेन र सामाजिक सञ्जालमा ट्रोल गर्न थाले।
यस भिडियोमा अल्लु आफ्नो कारबाट ओर्लिएर एयरपोर्ट भित्र पसेको देखिन्छ । यस क्रममा मिडियाले उनीहरूलाई फोटो खिच्न आग्रह गरे तर अल्लुले उनीहरूलाई बेवास्ता गर्दै भित्र पसे। उनको यो व्यबहार देखेर फ्यानहरुले निकै असन्तुष्ट भएका छन् ।
सार्वजनिक भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनी अझै क्यारेक्टरबाट बाहिर आएका छैनन्’। त्यस्तै अर्कोले लेखे, ‘अझै पनि मानिसहरू भन्छन् कि साउथका कलाकारहरू धेरै विनम्र हुन्छन्।’
अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पास् द रुल’ यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो। रिपोर्टका अनुसार निर्माताले यो फिल्म बनाउन करिब ४५० करोड रुपैयाँ लगानी गरेका छन् । सन् २०२१ मा रिलिज भएको यस फिल्मको पहिलो भागले राम्रो प्रतिक्रिया पाएको थियो ।









धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया