सोमबार, चैत ३०, २०८२

मिडियालाई इग्नोर गरेपछि ट्रोल भए अल्लु अर्जुन

मेरोन्यूज २०७९ चैत १२ गते ११:४८

साउथ सुपरस्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पा–द रुल’ लाइ लिएर कारण चर्चामा छन् । यसैबीच उनी एयरर्पोट पुगेका छन्, जहाँ उनले मिडियालाई बेवास्ता गरेको देखिन्छ । यद्यपि, यस समय उनको अनुहारमा मुस्कान थियो । तर फ्यानहरूलाई उनको बेवास्ता मन परेन र सामाजिक सञ्जालमा ट्रोल गर्न थाले।

Advertisement
nepal life insurencenepal life insurence

यस भिडियोमा अल्लु आफ्नो कारबाट ओर्लिएर एयरपोर्ट भित्र पसेको देखिन्छ । यस क्रममा मिडियाले उनीहरूलाई फोटो खिच्न आग्रह गरे तर अल्लुले उनीहरूलाई बेवास्ता गर्दै भित्र पसे। उनको यो व्यबहार देखेर फ्यानहरुले निकै असन्तुष्ट भएका छन् ।

सार्वजनिक भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनी अझै क्यारेक्टरबाट बाहिर आएका छैनन्’। त्यस्तै अर्कोले लेखे, ‘अझै पनि मानिसहरू भन्छन् कि साउथका कलाकारहरू धेरै विनम्र हुन्छन्।’

अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पास् द रुल’ यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो। रिपोर्टका अनुसार निर्माताले यो फिल्म बनाउन करिब ४५० करोड रुपैयाँ लगानी गरेका छन् । सन् २०२१ मा रिलिज भएको यस फिल्मको पहिलो भागले राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रतिक्रिया