चलचित्र ‘बहाव’काे अफरः टिकट किन्दा थाइल्यान्डको टुर

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । यसैबीच, फिल्मको निर्माण पक्षले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ ।
पुरस्कार जित्नका निम्ति चलचित्र ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ। खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के.वाइ.सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ । विजेतालाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको छ ।
साथै खल्ती एपबाट टिकट काट्दा प्रोमो कोड ‘बहाव’ प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सकिने निर्माण पक्षले जनाएको छ ।
उक्त प्याकेज प्राप्त गर्न लागि नियम र सर्तः
-विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
-टुर प्याकेज घोषणाको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ ।
-यो प्याकेज अरुलाई दिन योग्य हुने छैन । तर विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछ ।
-थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ ।
-भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नुपर्नेछ ।









विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया