श्रीमानकी पूर्वप्रेमिकाबारे आँचलले भनिन्- मसँग ठूलाे मुटु छैन

काठमाडौं । अभिनेत्री आँचल शर्माले आफ्नै श्रीमानकी पूर्व प्रेमिकाबारे टिप्पणी गरेकी छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै अभिनेत्री शर्माले पति उदीप श्रेष्ठकी पूर्व प्रेमिका भलिबल खेलाडी सिपोरा गुरुङमाथि टिप्पणी गरेकी हुन् ।
कार्यक्रम प्रस्तोताले एक तस्बिर देखाउँदै कुन रुपमा चिन्नुहुन्छ भन्ने प्रश्नमा आचलले पहिले त दुविधामा पर्दै सिपोरालाई एक राम्री खेलाडीका रुपमा चिनेको बताइन् । तर प्रस्तोताले खेलाडीबाहेक अरु ? भनी पुनः सोधेपछि उनले उदीप जीकी ‘एक्स गर्लफ्रेड’ भन्दै जवाफ फर्काएकी थिइन् ।
यसबारे कहिले थाहा भएको भनी सोधिएको प्रश्नमा आँचलले विवाह अघि आफ्ना प्रेमीकी पूर्व प्रेमीकाकाबारेमा सोधखोज गर्ने क्रममा थाहा पाएको बताइन् ।
सिपोरासँग सम्बन्ध कस्तो छ पनि प्रस्तोताले सोध्दा आफ्ना श्रीमानकी पूर्वप्रेमीकासँग कसले सम्बन्ध राम्रो बनाउँछ ? भन्दै उनले प्रतिप्रश्न गरिन् । ‘म श्रीमती हाे नि त अहिले उहाँकी’ आँचलले भनिन्, आफ्नै श्रीमानकी ‘एक्स गर्लफ्रेड’सँग राम्राे सम्बन्ध बनाएर हिँड्न सक्ने ठूलाे मुटु मसँग छैन ।’
उनले सिपोराको तस्बिर देखाएकोमा आफूलाई चित्त नबुझेको पनि बताइन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया