आइतबार, मंसिर ७, २०८२

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश

मेरोन्यूज २०७९ चैत २१ गते १६:४७

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सो आदेश दिएको हो ।

सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

यस विषयमा अदालतले २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया