शाहरुख खान बने विश्वकै प्रभावशाली व्यक्ति

काठमाडाैं । वलिउड अभिनेता शाहरुख खान विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । टाइम पत्रिकाले गरेको सर्वेक्षणमा प्रभावशाली व्यक्तिको वार्षिक सूचीमा शाहरुखले पहिलो नम्बरमा स्थान बनाएका हुन् ।
रिपोर्टका अनुसार यस पोलमा करिब १२ लाख मानिसले भोट दिएका थिए र सबैभन्दा धेरै भोट पाएर शाहरुख शीर्ष स्थानमा रहेका हुन् ।
उनी बाहेक कैयौं अन्तर्राष्ट्रिय सेलिब्रेटी पनि यो सूचीमा परेका छन् । शाहरुखपछि यो सूचीमा इरानकी एक महिला प्रदर्शनकारी छन्, जसले इरानको ‘माेरालिटी पुलिस’द्वारा मारिएकी २२ वर्षीया महसा अमिनीको मृत्युपछि सडकमा प्रदर्शन गरेकी थिइन्।
स्वास्थ्यकर्मी २ प्रतिशत मतका साथ तेस्रो नम्बरमा छन् । चाैथाे नम्बरमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र उनकी श्रीमती चेज अफ ससेक्स मेगन मार्कल र पाँचौंमा चर्चित फुटबलर लियोनल मेस्सी छन् । यी बाहेक हलिउड अभिनेत्री मिशेल योहले पनि यो सूचीमा स्थान बनाएकी छिन् । यसपछि सेरेना विलियम्स, फेसबुकका सीईओ मार्क जुकरबर्ग र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पनि यो सूचीमा परेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया