आइतबार, मंसिर ७, २०८२

सलमानले लुङ्गी उठाएर नाचेपछि रिसाए फ्यान

मेरोन्यूज २०७९ चैत २६ गते १६:४७

काठमाडौं । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाई किसकी जान’ चाँडै नै दर्शकमाझ आउँदै छ । रिलिज डेट नजिकिएसँगै निर्माताले गीत सार्वजनिक गरेर दर्शकको जोश र उत्साह बढाइरहेका छन् । तर केहिदिनअघि सार्वजनिक भएको फिल्मको गीत ‘यन्तम्मा’ विवादमा तानिएको छ ।

गीतमा सलमानलाई परम्परागत तेलुगु पहिरनमा देख्न सकिन्छ । उनले पहेंलो शर्टको साथमा क्रीम रंगको भेष्टी (दक्षिण भारतीय धोती) लगाएका छन्। गीतमा उनी सुपरस्टार वेंकटेश र रामचरणसँग नाचिरहेका छन्। गीतको अन्त्यमा, तिनै अभिनेता आफ्नो भेष्टी उठाउँदै एक स्टेप गरिरहेका देखिन्छन्। यो स्टेप देखेर साउथका फ्यानहरु आक्रोशित भएका छन् ।

यसलाइ उनीहरू अश्लील र अपमानजनक भनिरहेका छन्। कयाैंले गितमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको बताएका छन् । एकले लेखेका छन् , ‘कसैले बलिउडलाई भन कि वेष्टी र लुंगी फरक हुन् । भेष्टी एक परम्परागत पोशाक हो। यो लगाएर कसैले यस्तो अश्लील डान्स गर्नु नराम्राे कुरा हाे ।’

फिल्म ‘किसी का भाई किसकी जान’ निर्देशक फरहाद सामजीले निर्माण गरेका हुन् । फिल्ममा सलमान खान, पूजा हेगडे, वेंकटेश, पलक तिवारी, राघव जुयाल, शहनाज गिल, सिद्धार्थ निगमलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका छन् । फिल्म २०२३ को इदमा रिलिज हुनेछ ।

प्रतिक्रिया