सलमानले लुङ्गी उठाएर नाचेपछि रिसाए फ्यान

काठमाडौं । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाई किसकी जान’ चाँडै नै दर्शकमाझ आउँदै छ । रिलिज डेट नजिकिएसँगै निर्माताले गीत सार्वजनिक गरेर दर्शकको जोश र उत्साह बढाइरहेका छन् । तर केहिदिनअघि सार्वजनिक भएको फिल्मको गीत ‘यन्तम्मा’ विवादमा तानिएको छ ।
गीतमा सलमानलाई परम्परागत तेलुगु पहिरनमा देख्न सकिन्छ । उनले पहेंलो शर्टको साथमा क्रीम रंगको भेष्टी (दक्षिण भारतीय धोती) लगाएका छन्। गीतमा उनी सुपरस्टार वेंकटेश र रामचरणसँग नाचिरहेका छन्। गीतको अन्त्यमा, तिनै अभिनेता आफ्नो भेष्टी उठाउँदै एक स्टेप गरिरहेका देखिन्छन्। यो स्टेप देखेर साउथका फ्यानहरु आक्रोशित भएका छन् ।
यसलाइ उनीहरू अश्लील र अपमानजनक भनिरहेका छन्। कयाैंले गितमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको बताएका छन् । एकले लेखेका छन् , ‘कसैले बलिउडलाई भन कि वेष्टी र लुंगी फरक हुन् । भेष्टी एक परम्परागत पोशाक हो। यो लगाएर कसैले यस्तो अश्लील डान्स गर्नु नराम्राे कुरा हाे ।’
फिल्म ‘किसी का भाई किसकी जान’ निर्देशक फरहाद सामजीले निर्माण गरेका हुन् । फिल्ममा सलमान खान, पूजा हेगडे, वेंकटेश, पलक तिवारी, राघव जुयाल, शहनाज गिल, सिद्धार्थ निगमलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका छन् । फिल्म २०२३ को इदमा रिलिज हुनेछ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया