विदेशमा मृत्यु भएकाको बिमा रकम ठगी गर्ने नासुसहित दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बिमाबापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न थप २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गाउँपालिका ४ घर भई काठमाडौँ महानगर २६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपती अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका ४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।
मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा बापतको रकम मृतक आफन्तलाई दिलाइदिने भन्दै प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिएर बाँकी रकम ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका राम बहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौं गोगंबुबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायत कागजातसहित फेला पक्राउ गरेको थियो ।
घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार र बुढाथोकीलाई शनिबार पक्राउ गरेको हो ।
















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया