वर्ष २०७९ः पाँच सय रुपैयाँदेखि २१ करोडसम्म कमाई गर्ने फिल्महरु

काठमाडौं । यसबर्ष सबैभन्दा धेरै कमाई गर्ने नेपाली फिल्म ‘कबड्डी ४’ बनेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टका अनुसार २०७९ सालमा प्रदर्शनमा आएका फिल्महरुमध्ये २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’धेरै कमाउने नेपाली फिल्म बनेको हाे । फिल्मका ७ लाख ६६ हजार टिकट बिक्री भएको उक्त रिपोर्टमा उल्लेख छ ।
त्यस्तै, दोस्रो सर्वाधिक कमाउनेमा कन्नड फिल्म ‘केजीएफ २’रहेको छ । फिल्मले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको बोर्डले जनाएको छ । ‘छक्कापञ्जा ४’ तेस्रो स्थानमा परेको छ । फागुन तेस्रो साताबाट प्रदर्शनमा आएको फिल्मले १६ करोड ९४ लाख रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ ।
नेपालमा नेपालीसहित रिलिज भएका १३२ वटा चलचित्रमध्ये ‘सिवानी’ सबैभन्दा थाेरै कमाउनेमा परेकाे छ । फिल्मले पाँचसय बीस रूपैया कमाइ गरेकाे बोर्डकाे तथ्याङ्कमा उल्लेख छ ।






















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया