‘जारी’का क्लिप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती, निर्माताले दिए उजुरी
मेरोन्यूज
२०८० वैशाख ३ गते १३:१०

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र जारी पाइरेसी भइरहेको भन्दै निर्माताले साइबर व्युरोमा उजुरी दिएका छन् । आइतबार पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध निर्माता मणिराम पोखरेलले प्रहरी साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
हलमा खिचेर ती एकाउन्टबाट सिनेमाका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत निर्माता पोखरेलले माग गरेका छन् ।
दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा-लामा दृश्य पनि टिकटकमा हालिएको छ ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया