आइतबार, मंसिर ७, २०८२

‘जारी’का क्लिप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती, निर्माताले दिए उजुरी

मेरोन्यूज २०८० वैशाख ३ गते १३:१०

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र जारी पाइरेसी भइरहेको भन्दै निर्माताले साइबर व्युरोमा उजुरी दिएका छन् । आइतबार पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध निर्माता मणिराम पोखरेलले प्रहरी साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

हलमा खिचेर ती एकाउन्टबाट सिनेमाका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत निर्माता पोखरेलले माग गरेका छन् ।

दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा-लामा दृश्य पनि टिकटकमा हालिएको छ ।

प्रतिक्रिया