शनिबार, चैत १४, २०८२

सेयर बजार दोहोरो अंकले गिरावट

मेरोन्यूज २०८० वैशाख ७ गते १५:४९

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.७३ अंकले घट्दै १९०४.४० विन्दुमा पुगेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार कारोबार रकमसमेत घटेको छ । आज ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । आज कूल २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज फस्ट म्यूचअल फण्ड र एभरेष्ट बैंकको मूल्य धेरैले बढेको छ ।

प्रतिक्रिया