नियम उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा ९ कमर्सियल बैंकलाई हर्जानासहित कारबाही गरेको हो ।
राष्ट्र बैंकका अनुसार साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराएको छ ।
यस्तै, कर्जा तथा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै साविकको सेञ्चुरी बैंकलाई २ करोड ८४ लाख ७३२ रुपैयाँ, नेपाल बैंकलाई १८ लाख ५९ हजार ७५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ ग्लोबल आइएमई बैंकलाई ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना तिराएको हो ।
तत्कालिन कुमारी बैंकले समुहियतपुर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टी नहुने गरी कर्जा प्रभाव गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हादा राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लघंन गरेको देखिएकोले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को क बमोजिम सचेत गराईएको छ ।
तत्कालिन सेञ्चुरी बैंकले २०७९ साउन र भदौ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै पहिलो पटक २ करोड ८४ लाख ७३२ रुपैयाँ जरिवाना तिराएको छ । यहि शिर्षक अन्तर्गत २०७९ साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै नेपाल बैंकलाई पनि एक करोड ८५ लाख ५९ हजार ७५२ रुपैयाँ नगद जरिवाना तिराइएको छ ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया