आइतबार, मंसिर ७, २०८२

‘जारी’ शीर्ष स्थानमा हुँदा कमजोर ओपनिङ सलमानको फिल्म

मेरोन्यूज २०८० वैशाख ८ गते २०:३२

काठमाडौँ । बलिउड अभिनेता सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’ले नेपालमा कमजोर ओपनिङ गरेको छ ।

दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्ष स्थान रहँदा सलमानको फिल्मले कमजोर ओपनिङ गरेको हो ।

‘जारी’को दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४० प्रतिशत हाराहारी रहेको छ ।

सलमानको फिल्मले भारतीय बक्स अफिसमा १५ करोड भारुको ओपनिङ प्रक्षेपण गरिएको छ । तर, जारीको पहिलो साताभन्दा शो र अकुपेन्सीमा केही गिरावट आएको छ ।

प्रतिक्रिया