शनिबार, चैत १४, २०८२

सुनको भाउ घट्यो, कतिमा हुँदैछ खरिद-विक्री ?

मेरोन्यूज २०८० वैशाख १५ गते ११:०९

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया