हेमराज पहारी स्मृति पुरस्कारबाट ‘साहित्य सध्या’ सम्मानित

काठमाडौँ । हेमराज पहारी स्मृति पुरस्कार–२०७९ बाट ‘साहित्य सध्या’ संस्था सम्मानित भएको छ ।
हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा एक लाख नगदसहितको पुरस्कार साहित्य सध्यालाई प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेले विसं २०६७ चैतमा स्थापना भएको प्रतिष्ठानले प्रत्येक दुई वर्षमा आएको र यसवर्षदेखि प्रत्येक वर्ष पुरस्कार वितरण गर्ने बताइन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पहारीले साहित्यिक क्षेत्रबाट मुलुकको सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान प्रदान गरेको बताए ।
पहारीले प्रकाशित गरेका कृति, साहित्यिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई संस्थागत गर्नमा प्रतिष्ठानको सार्थकता रहने उनको भनाइ छ ।
साहित्य सन्ध्या संस्थाका अध्यक्ष राम विनयले पुरस्कारलाई संस्थालाई साहित्यको क्षेत्रमा काम गर्न थप प्रोत्साहन प्रदान गरेको बताए ।
वरिष्ठ पत्रकार भैरव रिसालले सत्यतामा आधारित रही सबैले आफ्ना क्रियाकलाप अघि बढाई व्यवहारमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।
उक्त पुरस्कार यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, स्व विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अलि मियाँ तथा मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको थियो ।
पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलाद्र्धको एक फन्को’ नियात्रा र केही गीतहरू प्रकाशन भएका छन् ।
प्रतिभा छनोट समितिको सिफारिसका आधारमा प्रतिष्ठानले साहित्य सन्ध्यालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छनोट समितिका संयोजक डा. फणिन्द्र निरौलाले जानकारी दिए ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया