शनिबार, चैत १४, २०८२

भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौती : मन्त्री ज्वाला

मेरोन्यूज २०८० वैशाख १७ गते १८:१४

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट कटौतीबारे बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको जानकारी दिए ।

उनले चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भए पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खाने कुरा जस्तो बनेको बताउँदै राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको बताए ।

मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने बताए ।

प्रतिक्रिया