राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन पुगेका छन् ।
मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए ।
मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तक्र्रिया कार्यक्रमसमेत गर्ने रहेको छ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्किने तालिका छ ।











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया