सोमबार, चैत १६, २०८२

मौद्रिक नीतिको समीक्षा सरकारले चाहेजस्तो भएन : अर्थमन्त्री

मेरोन्यूज २०८० वैशाख २९ गते १८:५१

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले राष्ट्र बैंकले सरकारले चाहे जस्तो मौद्रिक नीति नल्याएको बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सकारात्मक सन्देश दिने बताए । उनले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहका लागि सहज बनाउने दाबी गरे ।

मन्त्री महतले सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताका आधारमा कार्यान्वयन गर्ने बताए । उनले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गरे ।

‘आज मौद्रिक नीतिको तेस्रो समीक्षा आएको छ, तर सरकारले चाहेको जस्तो भएन,’ उनले भने, ‘निजी क्षेत्रले दिएका सुझाव सल्लाहलाई सम्बोधन गर्नसक्ने हदसम्म गहिराईमा गएर औचित्य र आवश्यकताका विषयमा छलफल गर्छौं ।’

अनावश्यक कानून, नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्यारालाई हटाउन कोशिस बजेटमार्फत गर्ने उनको दाबी थियो ।

प्रतिक्रिया