मुलुकको अर्थतन्त्रका सूचक हेर्दा अफ्ठ्यारो अवस्थामा छौँ : सांसद पौडेल

काठमाडौँ । नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले देशको अर्थतन्त्र कठिन अवस्थामा रहेको बताएका हुन् । ‘मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा छौँ, अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार कसरी अगाडि बढ्छौँ,’ उनले भने ।
उनले अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनु पर्ने बताए । उनले मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नका लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नु पर्ने बताए ।
‘त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुने गर्छ, आगामी बजेटमा अर्थमन्त्रालय, राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धि आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवद्र्धन गर्नु पर्छ,’ उनले थपे ।
















एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया