मंगलबार, चैत १७, २०८२

पेट्रोलियम पदार्थको मूल्य समायोजन, कुनको मूल्य कति ?

मेरोन्यूज २०८० जेठ २ गते २०:२३

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा भारी कटौती गरेको छ । निगमले लिटरमै १० रुपैयाँले मूल्य घटाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

घटेको मूल्यअनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ कायम रहेको थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरी आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

प्रतिक्रिया