सोमबार, चैत १६, २०८२

सेयर बजारमा २३ अंककाे वृद्भि, ८५ करोडकाे काराेबार

मेरोन्यूज २०८० जेठ ३ गते १५:२६

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार १८७ कम्पनीको शेयर मुल्य बढेको छ भने २५ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको हाे ।

त्यस्तै नेपाल टेलिकमको ४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया