मंगलबार, चैत १७, २०८२

विद्युत प्राधिकरणको खर्चमा भारी कटौती, यी सुविधा खारेज हुँदै

मेरोन्यूज २०८० जेठ ४ गते १५:२६

काठमाडाँै । नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई दिँदै आएको सुविधामा भारी कटौती गर्ने भएको छ । कार्यकारी निर्देशन कुलमान घिसिङले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणको खर्च कटौती गर्ने निर्णय गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्राधिकरणले सबै निर्देशनालय, विभाग, प्रधान कार्यालय परिसरभित्र रहेका सम्पूर्ण कार्यालयको खर्च कटौती गर्ने भएको हो । कार्यालयको स्वीकृत दरबन्दी बमोजिम पर्याप्त जनशक्तिको अभाव, अत्यावश्यक तथा विशेष कार्यहरु यथाशीघ्र सम्पन्न गर्नु पर्ने अवस्था सृजना भई सार्वजनिक बिदाका दिनमा अतिरिक्त समय कार्य गराउनु पर्ने भएमा सम्बन्धित उप कार्यकारी निर्देशकको सिफारिसमा कार्यकारी निर्देशकको पूर्व स्वीकृति लिएर मात्र काममा लगाउने,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यकारी निर्देशकको पूर्व स्वीकृति नलिई सार्वजनिक बिदाका दिन काममा लगाए अतिरिक्त समय भत्ता तथा खाजा खर्च नदिने ।’

यस्तै, यसअघि १० औँ तह वा सोभन्दा माथिका पदाधिकारी एवं कार्यालय प्रमुख–आयोजना प्रमुखको अतिरिक्त भत्ता र खाजा खर्च कटौती हुने भएको छ । यसैगरी कार्यकारी निर्देशकको सिफारिसमा मात्रै सार्वजनिक बिदाका दिन सवारी अनुमति पत्र लिने व्यवस्था गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया