विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा
मेरोन्यूज
२०८० जेठ ५ गते १६:३५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । आथिर्क वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले त्यस्तो घोषणा गरेको हो ।
संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो घोषणा गरेका हुन् ।
राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने, विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने पौडेलको भनाइ छ । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरे ।
राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारले घोषणा गरेको छ ।
सम्बन्धित
















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का पनि अस्पताल भर्ना
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया