मंगलबार, चैत १७, २०८२

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० जेठ ७ गते ११:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै आज चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया